![](https://internal.appharu.com/wp-content/uploads/2024/11/durga-prasai-prau1-768x403.png)
काठमाडौं । दुर्गा प्रसाईंलाई वीर अस्पताल लगिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोप मंगलबार प्रसाईंलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।
पक्राउ परेका उनलाई प्रहरीले स्वास्थ्य जाँचका लागि अस्पताल पुर्याएको हो । त्यसअघि उनलाई केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) लगिएको थियो ।
उनीमाथि प्रधानमन्त्री ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोप छ । प्रसाईंले कीर्ति कागज बनाएर प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप लगाएको प्रहरीले जनाएको छ ।
SHARE YOUR THOUGHTS