
काठमाडौं । माछापुच्छ्रे बैंकले देशभर लिलामीबाट आफ्नो स्वामित्वमा रहेका घरजग्गाहरु विक्री गर्ने भएको छ । बैंकको कर्जा असुली विभागले बैंकको नाममा रहेका ठूलो मात्रामा घरजग्गाहरु सस्तो मूल्यमा विक्री गर्न लागेको हो ।
यसका लागि बैंकले बुधबार सूचना जारी गर्दै खरिदका लागि इच्छुक व्यक्ति तथा संस्थाहरुलाई १५ दिनभित्र लिलाम विक्री गोप्य शिलबन्दी बोलपत्र फारम भरेर पेश गर्न पनि आह्वान गरेको छ ।
बैंकबाट ऋण लिएर भाखा नाघिसक्दा पनि नतिरेपछि ती ऋणीको सम्पत्तिलाई बैंकले आफ्नो स्वामित्वमा लिएर विक्री गर्न लागेको हो । यसरी लिलामीमा परेका घरजग्गाको सम्पत्ति काठमाडौं, बाँके, मोरङ, चितवन, नुवाकोट, कैलाली, झापा, ललितपुर, सुनसरी, तनहुँ, कास्की, सिरहा लगायत जिल्लाहरुमा रहेका छन् ।
बैंकले बोलपत्र पेश गर्नका लागि मंसिर १९ गते बुधबारसम्मको समय अवधि दिएको छ । र २० गते बिहीबार बैंकले बोलपत्र खुला गर्ने पनि सूचनामार्फत् जानकारी दिएको छ ।
यस्तै लाजिम्पाटस्थित माछापुच्छ्रे बैंकको केन्द्रीय कार्यालयको विशेष सम्पत्ति विभागले बोलपत्र खुला गर्नेछ। सामान्यतया बैंकको लिलामीमा परेका घरजग्गा लगायत यस्ता सम्पत्तिहरु बैंकले अन्य व्यक्ति वा कम्पनीको तुलनामा सस्तो दरमा विक्री गर्ने गर्छ । माछापुच्छ्रे बैंकले विक्री गर्न लागेका घरजग्गाको विवरण यस्तो छ:

SHARE YOUR THOUGHTS