कुलमानमाथि खनिए ओली, भने- बक्यौता नउठाउने अनि लाइन काटेर उद्योग बन्द गरिदिने षड्यन्त्र भइरहेको छ « Eglish Khabarhub

कुलमानमाथि खनिए ओली, भने- बक्यौता नउठाउने अनि लाइन काटेर उद्योग बन्द गरिदिने षड्यन्त्र भइरहेको छ


७ मंसिर २०८१, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालमा सञ्चालित उद्योगहरु बन्द गराउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।

शुक्रबार नेकपा एमालेले आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड ट्रंकलाइनको बक्यौता नउठाउने तर उद्योगमा बिजुलीको लाइन काटेर देशको निर्यात चौपट बनाउन खोजेको आरोप लगाए ।

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको नाम नलिइ प्रधानमन्त्री ओलीले बक्यौता नउठाउने अनि विद्युतको लाइन काट्ने काम भएको भन्दै आलोचना गरे ।

उद्योग बन्द गराउँदा गराउँदा केही उद्योग चल्न बाँकी रहेको भए पनि बिजुलीको बक्यौता उठाउन छोडेर विद्युतको लाइन काट्ने काम भएको उनले बताए ।

उनले सरकारले अहिले लाल आयोगले भने अनुसार बक्यौता उठाउन भनिरहेको भन्दै उनले बक्यौता नउठाउने तर बिजुलीको लाइन काटेर उद्योगलाई बन्द गरिदिने षड्यन्त्र भइरहेको बताए ।

‘ अहिले सरकारले भनिरहेको छ, बक्यौता उठाऊ, विद्युत महसुल आयोगले जे भनेको छ त्यसअनुसार टिओडी मिटरको बिल अनुसार पैसा तुरुन्त असुल गर्, लाल आयोगको प्रतिवेदन कार्यान्वय गर, त्यसअनुसार महसुल उठाऊ भनिरहेको छ,’ओलीले भने, ‘त्यो नउठाउने अनि लाइन काटेर देशको अर्थतन्त्र, उद्योगहरुलाई बन्द गरिदिने, निर्यात चौपट बनाइदिने, उत्पादन खत्तम बनाइदिने षड्यन्त्र भइरहेको छ ।’

राष्ट्रिय एकतालाई खलबल्याएर बिभिन्न साम्रदायिक विद्वेष फैलाउने काम भइरहेको भन्दै उनले गाली गलोज गर्ने, मुख छाड्ने काममा पछिल्लो समय वृद्धि भएको उनको भनाइ छ ।

बैंकका ऋण तिर्नु पर्दैन भन्दै कोही कराएर हिँड्दैमा फरक नपर्ने भन्दै उनले ऋण लिएपछि तिर्नुपर्दैन ? भन्दै उनले प्रश्न गरे ।

देशको अर्थतन्त्र र मौद्रिक स्थितिलाई ध्वस्त बनाउन कतिपय सक्रिए भएको भन्दै उनले भने, ‘उद्यमीहरु व्यवासयी र मारवाडी समुदायलाई खेद भन्ने अभियान चलाइन्छ, साम्प्रदायिक विद्वेस फैलाउने प्रयास भइरहेको छ।’

सहकारी ठगी गर्नेमाथि कारबाही अघि बढ्दा कोकोहोलो मच्चाउन आवश्यक नरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार ००:००  ३ : २८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping