पहाडी तथा हिमाली क्षेत्रमा बर्षासँगै हिमपातको सम्भावना, बाँकी क्षेत्र सफा रहने पूर्वानुमान « Eglish Khabarhub

पहाडी तथा हिमाली क्षेत्रमा बर्षासँगै हिमपातको सम्भावना, बाँकी क्षेत्र सफा रहने पूर्वानुमान



काठमाडौं । जल तथा मौसम विज्ञान विभागले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागको एक–दुई स्थानमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली भागको केहि क्षेत्रमा हल्का हिमपात हुने पूर्वानुमान गरेको छ

विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

देशमा पश्चिमी वायुको सामान्य प्रभावका साथै भारतस्थित उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्नचापीय प्रणाली रहेको विभागले जनाएको छ ।

त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

आगामी २४ घण्टामा कोशी, बागमती गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने भएकाले विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

काठमाडौँ उपत्यकाको अहिलेको न्यूनतम तापक्रम ९ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । आज यहाँको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियसका बीच रहने विभागले जनाएको छ ।

Publish on: