
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याउन्मुख घोषणा गरेको छ ।
बैंकले तोके बमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नहुने, निष्कृय कर्जा अनुपात ४०.८५ प्रतिशत कायम हुने लगायतका कारणले समस्याउन्मुख घोषणा गरेको राष्ट्र बैंकले जनाएको छ ।
निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले बैंकलाई नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली २०७४ को विनियम ३ बमोजिम ६ महिनाभित्र संस्थाको नयाँ व्यवस्थापनले उक्त संस्थाको वित्तीय परिसूचकहरुमा सुधार गर्ने शर्तमा समस्याउन्मुख घोषणा गरेको जनाएको छ ।
यो सँगै बैंकले निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाइएको छ । बैंकमा २०८१ साउन ६ देखि ११ सम्म राष्ट्र बैंकबाट सम्पन्न लक्षित निरीक्षणको प्रतिवेदन अनुसार बैंकको कर्जा नोक्सानी व्यवस्थामा सुपरिवेक्षकीय समायोजन गर्दा न्यूनतम पुँजीकोष अनुपात कायम नहुने, निष्कृय कर्जा अनुपात ४०.८५ प्रतिशत कायम हुने देखिएको थियो ।
SHARE YOUR THOUGHTS