![](https://internal.appharu.com/wp-content/uploads/2024/11/santosh-narayan-768x416.jpg)
काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
मंगलबार साँझ अर्थमन्त्रालयमा नवनियुक्त अध्यक्ष श्रेष्ठले अर्थमन्त्री विष्णु पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई धितोपत्र बोर्डको अध्यक्ष बनाउने निर्णय गरेको थियो ।
शपथ ग्रहण गर्दै श्रेष्ठले आफ्नो ज्ञान र विवेकले भ्याएसम्म इमान र कर्तव्यमा रही बफादार भएर काम गर्ने बताए ।
SHARE YOUR THOUGHTS