
काठमाडौं । संस्कृति, पर्यटन तथा नगरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले जनकपुर र अयोध्यालाई हवाईसेवाको मध्यामबाट समेत जोड्नुपर्ने बताएका छन् ।
बुधबार त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागले आयोजना गरेको विश्वफलक पर राम (साहित्यिक, सामाजिक एवं संस्कृतिको सन्दर्भमा) अन्तरविषयी अन्तराष्ट्रिय संगोष्ठिमा बोल्दै मन्त्री पाण्डेले धार्मिक रुपले जोडिएको सम्बन्धलाई हवाईसेवाका माध्यमबाट समेत अघि बढाउनु पर्ने बताए ।
यसका लागि मन्त्रालयले समेत तयारी गरिरहेको मन्त्री पाण्डेको भनाइ थियो । मन्त्री पाण्डेले अहिलेको अवस्थामा रामको मार्ग दर्शन झनै व्यापक बन्दै गएको भन्दै विश्वभर फैलिएका नेपाली र भारतीय नागरिकले राम तत्वको पुनः जागरणमा योगदान गर्नुपर्नेमा जोड दिए ।
दुई दिनसम्म चल्ने संगोष्ठिमा भगवान रामका विविध पक्षमा चर्चा गरिने छ । संगोष्ठिमा सामेल हुन आएका विभिन्न देश प्रतिनिधिलाई मन्त्री पाण्डे नेपालको विविधतापूर्ण संस्कृतिलाई विश्वमा पुर्याउन सहयोग गर्न समेत आग्रह गरे ।
SHARE YOUR THOUGHTS