२९ मंसिर २०८२, आइतबार

राष्ट्र बैंकले निक्षेप–कर्जामा रोक लगाएको कर्णालीमा सेयर लगानीकर्ताको आकर्षण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याउन्मुख घोषणा गरेको कर्णाली डेभलपमेन्ट बैंकमा लगानीकर्ताको आकर्षण देखिएको छ।

राष्ट्र बैंकले तोके बमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नहुने, निष्कृय कर्जा अनुपात ४०.८५ प्रतिशत कायम हुने लगायतका कारणले समस्याउन्मुख भएको कर्णालीको सेयरमा पोजिटिभ सर्किट लागेको हो ।

बुधबार धितोपत्रको दोस्रो बजारमा कर्णालीको सेयर मूल्य ७६ रुपैयाँ ९० पैसाले बढेर ८४५ रुपैयाँ ९० पैसा पुगेको छ । दिनभर बैंकको २ लाख ५० हजार कित्ता सेयर किनबेच भए । बैंकको सेयरमा कुल ११ सय ७४ कारोबार भएको छ ।

निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले बैंकलाई नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली २०७४ को विनियम ३ बमोजिम ६ महिनाभित्र संस्थाको नयाँ व्यवस्थापनले उक्त संस्थाको वित्तीय परिसूचकहरुमा सुधार गर्ने शर्तमा समस्याउन्मुख घोषणा गरेको हो ।

यस्तै कम्पनीलाई लगानीकर्ताले भने रुचाएका हुन् ।

राष्ट्र बैंकले कर्णालीलाई निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाएको छ ।