
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको मूल्य तोलामा आज ३०० रुपैयाँ घटेर १ लाख ४९ हजार ३०० रुपैयाँ कायम भएको हो ।
यसअघि बुधबार सुन तोलाको १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।
SHARE YOUR THOUGHTS