काठमाडौं । खुकुरी रमको निर्माता कम्पनी नेपाल डिस्टिलरीजले कास्क सिरिज रमको पहिलो संस्करण अनावरण गरेको छ यो विशेष रम केवल ५२०० ओटा विशिष्ट संख्या अंकित मात्र उत्पादन भएको कम्पनीले जनाएको छ ।
यो गुणस्तरको मदिरा एक अद्वितीय नेपाली शिल्पकलाको उदाहरण भएको जसले खुकुरी रमलाई उत्कृष्ट रमहरूको विश्वव्यापी नक्सामा दृढतापूर्वक समावेश गरेको कम्पनीले जनाएको छ ।
सीमित उत्पादन हुने रममध्ये १६०० बोतल मात्र स्वदेशी बजारमा उपलब्ध हुनेछन् भने बाँकी अन्तर्राष्ट्रिय बजारमा निर्यात गरिने छ । यो प्रिमियम रम नेपाली बजारमा दश हजार रुपैयाँमा निश्चित ग्राहकलाई मात्र निजी च्यानल मार्फत् बिक्री गरिने कम्पनीले जनाएको छ ।
कास्क रम बनाउने कला एक लगनशील यात्रा हो जसको सुरुवात हिमालको पानी र गुणस्तरीय उखुको मोलासेसको छनोटबाट सुरु हुने कम्पनीले जनाएको छ ।
यी कच्चा पदार्थहरू जटिल प्रक्रियाहरू मार्फत् रूपान्तरण गरिन्छ जसमा फर्मेन्टेसन, डिस्टिलेसन र सावधानीपूर्वक छानिएका कास्कहरूमा एजिंग गर्ने प्रक्रिया समावेश हुने कम्पनीको भनाइ छ ।
यस विशेष संस्करणको केन्द्रमा रहेको कास्क एक काठको ब्यारेल हो जुन प्रिमियम मदिराहरूको एजिंगका लागि प्रयोग गरिने कम्पनीले जनाएको छ । यी कास्कहरूले गहन एवम् सन्तुलित स्वादहरूको सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीको विश्वास छ ।
स्मोक्ड फिनिस भएको कास्क शृङ्खलाको पहिलो संस्करणले गाढा र नवीन स्वाद प्रस्तुत गर्ने कम्पनीको भनाइ छ ।
विशेष रूपमा चारिंग (भित्रबाट डढाएका) कास्कहरूमा गरिने अद्वितीय एजिंग प्रक्रियाले यसको परिष्कृत र गाढा स्वादहरूको सिर्जना गर्छ । विशेषगरी यस संस्करणका लागि मात्र प्रयोग गरिएको चारिंग प्रविधिले सामान्यतया धुवाँको सुगन्ध प्रदान गरेर रमलाई पुरक प्राकृतिक स्वाद प्रदान गर्दछ। यस प्रक्रियाले रमलाई पनि स्मोकी, हल्का जलेको काठ र सूक्ष्म मसलाहरूको सुगन्धले यस रमलाई अति विशेष बनाउने कम्पनीको भनाइ छ ।
कास्कलाई टोस्ट र चारिंग गरिएकाले यसमा स्मोकीर उडी स्वादहरू अनुभव गर्न सकिने कम्पनीको भनाइ छ । जबकि सटीक तापक्रम र आर्द्रता नियन्त्रणले एजिंग प्रक्रियालाई अनुकूल बनाउँछ ।
सटीक एजिंग प्रक्रियाले प्रत्येक घुट्कोमा केहि असाधारण स्वाद समेत प्रदान गर्दछ। यी सबैको परिणाम भनेको हरेक पारखीले प्राप्त गर्ने अद्वितीय स्वाद हो जुन खुकुरि कास्क शृंखलामा प्रयुक्त शिल्पकारिता र समर्पणको प्रमाण पनि हो। यद्यपि, कास्क शृङ्खलाका भावी संस्करणहरूमा अन्य कास्क एवम् प्रक्रियाहरू समावेश हुने कम्पनीको भनाइ छ ।
खुकुरि जस्तो उत्कृष्ट रम सिर्जना गरेको छ दशक भन्दा लामो अनुभव भएको नेपाल डिस्टिलरीजले सीमित खुकुरि कास्क शृंखलामा अतुलनीय विशेषज्ञता थप्ने विश्वास लिएको छ । केही पुराना ब्याचहरू सहित दुर्लभ रमको भण्डारहरूबाट सावधानीपूर्वक चयन गरेर कम्पनीले विलासी, स्मोक्ड फिनिश रम सिर्जना गरेको छ जसले प्रत्येक बोतलमा शिल्प, कौशल र समर्पणको उदाहरण दिने कम्पनीको भनाइ छ ।
नेपाली परम्परा, शिल्प र कौशलको यो प्रतीक सम्पूर्ण मदिरा पारखीहरूलाई खुशी एवम् चकित पार्न तयार रहेको कम्पनीको दाबी छ ।
‘रम परिपक्व हुनका लागि आवश्यक पर्ने उत्कृष्ट सामग्री र सबैभन्दा उपयुक्त वातावरण प्रदान गर्नका लागि नेपालको भौगोलिक अवस्थिति अद्वितीय छ र स्मोक्ड फिनिसमा काम गर्न पाउँदा हामीलाई एकदमै उत्साह जागेको छ । यो रमको निर्माण गर्नु भनेको स्वादको सिमाहरू धकेल्दै खुकरी रमको समृद्ध सम्पदालाई सम्मान गर्ने अवसर पनि हो’, सीईओ रमेश कृष्णनले भने,’यो विरासतको आनन्द विश्वभरिका रम पारखीले लिन सक्ने छन् । हाम्रो लिमिटेड एडिसन कास्क सिरिज रम मार्फत् हामीले नेपालको उत्कृष्ट शिल्पकलालाई विश्वव्यापी मञ्चमा दृढताका साथ प्रस्तुत गर्ने लक्ष्य राखेका छौं। हामी सबैलाई उत्कृष्ट रम मात्र नभई समृद्ध हिमाली संस्कृतिको स्वाद लिन समेत निमन्त्रणा गर्दछौँ।’
खुकुरि रमको कथा यसको उत्पादन जत्तिकै रोचक छ । नेपालको संस्कृतिलाई मूर्त रूप दिने एउटा छुट्टै हिमाली रम उत्पादन गर्ने विचारमा ‘खुकुरी’को मूल्य जानेका र पुस्तौंदेखि नेपालीहरूका लागि यसको अर्थ के हो भन्ने ज्ञान भएका एक विशिष्ट व्यक्तित्वले निर्णायक भूमिका खेलेका थिए । विगत ६ दशकदेखि खुकुरिले रम पारखीहरूको मनमा गहिरो स्थान बनाएको छ र अब यो विश्वभरका पारखीहरूलाई आफ्नो अर्को उत्कृष्ट पेय प्रस्तुत गर्न तयार भएको हो ।
शक्तिशाली हिमालय जस्तै, विरासत र सम्पदाको रक्षा नेपाली जीवनको एक हिस्सा हो । नेपाली मौलिक परम्पराहरूबाट जन्मिएको यो एक उत्कृष्ट भूमि हो र आजको नेपालले आफ्ना सीमाहरूलाई धकेल्दै विश्वका सबै स्थानहरूमा आफ्नो उपस्थिति महसुस गराउन प्रयासरत रहेको कम्पनीको भनाइ छ ।
SHARE YOUR THOUGHTS