‘भारतीय गिरोह बिस्नोइको नाममा व्यवसायीलाई धम्की दिने व्यक्ति दुर्गा प्रसाईंबाट परिचालित’ « Eglish Khabarhub

‘भारतीय गिरोह बिस्नोइको नाममा व्यवसायीलाई धम्की दिने व्यक्ति दुर्गा प्रसाईंबाट परिचालित’


१४ मंसिर २०८१, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । व्यवसायीहरुलाई भारतीय नम्बरबाट फोन तथा म्यासेज मार्फत् धम्की दिएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्ने आरोपित व्यक्तिले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको निर्देशनमा आफूले व्यवसायीहरुलाई धम्की दिएको बताएका छन् ।

झापाको मेचीनगर नगरपालिका–१३ चारआली बस्दैआएका पाँचथरको मौवाका स्थायी बासिन्दा ३६ वर्षीय नवीन प्रधान भनिने हरिचन्द्र फुयाललाई प्रहरीले पक्राउ गरेको हो । फुयाललाई मंसिर १३ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले झापाको चारआलीबाट पक्राउ गरेको जनाएको छ ।

फुयालले प्रसाईंको निर्देशनमा आफू भारतीय आपराधिक समूह लरेन्स बिश्नोइको सदस्य हुँ भन्दै धम्की दिइ आपराधिक लाभ लिन खोजेको प्रहरीले बताएको छ । फुयालले मेडिकल व्यवसायी प्रसाईंसँग तुरुन्त माफी माग्नु अन्यथा ज्यान समेत लिने धम्की दिई व्यवसायीहरुलाई आतंकित पार्दै आपराधिक लाभ लिन खोजेको ब्यूरोले जनाएको छ ।

फुयाललाई पक्राउ गरी प्रारम्भीक अनुसन्धान गर्दा भारतीय आपराधिक समूहको नामबाट व्यावसायीहरुलाई धम्की दिने कार्य मेडिकल व्यवसायी दुर्गा प्रसाईंको निर्देशनमा भएको पाइएको प्रहरीले जनाएको छ । फुयाल यसभन्दा पहिले विभिन्न कसुरमा संलग्न भई फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार ००:००  २ : ५७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping