पीपीएको भुक्तानी रोकेर बक्यौता उठाउने प्राधिकरणको पत्रमा सौर्य ऊर्जा उत्पादकहरुको आपत्ति « Eglish Khabarhub

पीपीएको भुक्तानी रोकेर बक्यौता उठाउने प्राधिकरणको पत्रमा सौर्य ऊर्जा उत्पादकहरुको आपत्ति


१४ मंसिर २०८१, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । सौर्य ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (सोपान) ले डेडिकेटेड ट्रंकलाइन बक्यौता विवादमा विभिन्न ऊर्जा उत्पादक कम्पनीको विद्युत बिक्री सम्झौता (पीपीए) बमोजिम विद्युत् बिक्रीबापत प्राधिकरणबाट पाउनुपर्ने भुक्तानी रोकेर बक्यौता असुली गर्ने जानकारी गराएको भन्दै आपत्ति जनाएको छ ।

प्राधिकरणले बुधबार पत्र लेखेर पीपीएको भुक्तानी रोकेर बक्यौता उठाउने भन्दै पियोर इनर्जी लिमिटेडलाई पत्र पठाएको थियो ।

सोपानले प्राधिकरणले विभिन्न ऊर्जा उत्पादक कम्पनीलाई पठाएको पत्र प्राधिकरण र ऊर्जा उत्पादक कम्पनीहरुबीच भएको विद्युत बिक्री सम्झौताको प्रावधान विपरित रहेको भन्दै आपत्ति जनाएको हो ।

केवल साझा सेयरधनी रहेको आधारमा एउटा कम्पनीले भुक्तानी गर्नु पर्ने बक्यौता रकमको दायित्व बिल्कुलै स्वतन्त्र अस्तित्व रहेको अर्को कम्पनीलाई बहन गराउने कार्य कम्पनी कानूनको स्थापित सिद्धान्त विपरित हुने सोपानको भनाइ छ ।

‘ऊर्जा कम्पनीहरुमा सर्वसाधारणहरु लगायत अन्य कैयन सेयरधनीहरुको लगानी रहेको हुन्छ । यस सन्दर्भमा बक्यौता असुलउपर गर्नाले सम्पूर्ण सेयरधनीको हक अधिकारमा समेत गम्भीर आघात पर्न जान्छ,’ सोपानले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘ऊर्जा कम्पनीहरुको मुख्य आय आर्जनको स्रोत भनेको नै प्राधिकरणलाई विद्युत बिक्री गरी प्राप्त हुने रकम भएको हुँदा सो रकम कट्टा भएमा कम्पनीद्वारा सञ्चालित परियोजनाको सम्भाव्यतामा नै ठूलो असर पर्न जान्छ ।’

विदेशी लगानी समेत प्रचुर मात्रामा रहेको ऊर्जा क्षेत्रमा प्राधिकरणको यस्तो कदमले नकारात्मक असर पार्ने प्रष्ट भएको सोपानको भनाइ छ । यसले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्यमासमेत गम्भीर असर पर्न जाने सोपानको चेतावनी छ ।

बक्यौता रहेका उद्योग/कम्पनीहरुको रकम फरक अस्तित्व रहेका ऊर्जा कम्पनीहरुबाट असुलउपर गर्न नमिल्ने भन्दै सोपानले भनेको छ, ‘यसो गर्नाले कैयन सेयरधनीहरुको हकमा आघात पर्ने हुँदा एवं ऊर्जा कम्पनीहरुको सम्भाव्यतामा नै असर समेत गर्ने हुँदा सो सम्बन्धी कुनै कार्य नगर्नु हुन अनुरोध गर्दछौं ।’

मंगलबार विद्युत नियमन आयोगले प्राधिकरणलाइन उद्योगमा लाइन नकाट्न निर्देशन दिएको छ । नियमन आयोगले उद्योगमा लाइन नकाटी वैकल्पिक उपाय अपनाएर बक्यौता उठाउन निर्देशन दिएपछि प्राधिकरणले बक्यौता नतिरेको भन्दै जलविद्युत् र सौर्य आयोजनाको विद्युत खरिद बिक्री (पीपीए) को भुक्तानी रोकेर बक्यौता उठाउने भन्दै पत्र पठाएको हो ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार ००:००  ६ : १२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping