आइसिपीसम्म कार्गो रेल चलाउन माग « Eglish Khabarhub

आइसिपीसम्म कार्गो रेल चलाउन माग


१५ मंसिर २०८१, शनिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । विराटनगरका उद्योगीले भारतको बथनाहा–आइसिपी कार्गो रेल उद्घाटनपछि सञ्चालनमा देखिएको समस्या हल गरिदिन सरकारसँग आग्रह गरेका छन् ।

उद्योग सङ्गठन मोरङ अध्यक्ष राकेश सुराना नेतृत्वको टोलीले अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योगमन्त्री दामोदर भण्डारी र प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा युवराज खतिवडासँग भेटेर कार्गो रेल सञ्चालनमा सहयोग गरिदिन माग गरेको हो ।

भारतको बथनाहा–कटहरी कार्गो रेल निर्माणाधीन रहे पनि बथनाहादेखि विराटनगर–१८, आइसिपीसम्म २०८० जेठ १० गते उद्घाटन भएको थियो तर शुल्कलगायतका विवादका कारण उद्घाटनपछि अर्को कार्गो रेल आउन सकेको छैन ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष सुरानाले सरकारले सहजीकरण गरिदिए कार्गो रेल सञ्चालनमा आउने आशा रहेको बताए ।अध्यक्ष सुरानाले सरकारसँग त्यसबाहेक उद्योग व्यवसाय क्षेत्रले भोग्दै आएको विषयमा समेत जानकारी गराएको बताए ।

‘औद्योगिक क्षेत्रमा देखिएको सुस्तता कसरी हटाउन सकिन्छ भन्ने विषयमा छलफल गरी समाधानका लागि पहल गर्न अनुरोध गरेर फर्केका छौँ,’ सुरानाले भने ।

बजारमा लामो समयदेखि छाएको सुस्तताले उद्योग व्यवसाय क्षेत्र प्रभावित हुँदै गएको र यो क्रम अझ लम्बिए अर्थतन्त्रमा नराम्रोसँग प्रभाव पर्ने उद्योगीको भनाइ छ ।

सरकार गठन भएको चार महिनासम्म पनि अर्थतन्त्र चलायमान नहुनुले यसको असरले औद्योगिक क्षेत्रमा नकारात्मक प्रभाव बढाएको उद्योगीको बुझाइ छ ।

यसै गरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपाली वस्तुले ब्युरो अफ इन्डियन स्ट्यान्डर्डको प्रमाणपत्र लिएपछि मात्रै भारत निर्यात गर्न पाउने भारतीय नीतिले निर्यातजन्य कतिपय वस्तुमा असर पारिरहेको जानकारी गराइएको अध्यक्ष सुरानाले जानकारी दिए ।

उनका अनुसार भारतको यो नीतिले नेपालका प्लाइउड, जुत्ता, सेनेटरी प्याड, सिमेन्ट उद्योगलाई समस्यामा पारेको छ । भारतले लागु गरेको नीतिले नेपाली उद्योगका लागि अवसर दिएको भए पनि तत्काल त्यसले निर्यातमा पारेको असरलाई नेपाली वस्तुलाई ब्युरो अफ इन्डियन स्ट्यान्डर्डको प्रमाणपत्र लिने प्रक्रियामा कूटनीतिक माध्यमबाट सहजीकरण हुनुपर्ने माग गरिएको छ ।

उद्योगीको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा युवराज खतिवडासँगको छलफलमा आर्थिक एवं औद्योगिक विकास र अर्थतन्त्रलाई चलायमान बनाउन सूक्ष्म अध्ययन गरी सरकार र निजी क्षेत्रबिचको समन्वय बढाउन अनुरोध गरेको बताइएको छ ।

टोलीले विराटनगरमा आगामी माघ ११ देखि २० गतेसम्म हुने विराट एक्स्पो तथा कोशी प्रदेश लगानी सम्मेलनका सन्दर्भमा समेत सङ्घीय सरकारले सहयोग गर्नुपर्ने विषयसमेत उठान गरेको पूर्वअध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार ००:००  ९ : ४५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping