एनपिएल : उद्‍घाटन खेलमा विराटनगर किंग्स ८ विकेटले जनकपुर बोल्ट्ससँग पराजित « Eglish Khabarhub

एनपिएल : उद्‍घाटन खेलमा विराटनगर किंग्स ८ विकेटले जनकपुर बोल्ट्ससँग पराजित


१५ मंसिर २०८१, शनिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले वीजयी सुरुवात गरेको छ।

जनकपुरले विराटनगरलाई ८ विकेटले पराजित गरेको हो। हर्ष थाकर र लाहिरु मिलान्थालको शतकीय साझेदारीमा जनकपुरले सहज जित हात पारेको छ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेको जनकपुरले १२८ रनको मध्यम लक्ष्य पाएको थियो। विराटनगरले दिएको लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो। १२८ रनको विजयी लक्ष्य पछ्याएको जनकपुरका लागि तेस्रो क्रमका ब्याटर लाहिरु मिलान्थाले ११६ रनको शतकीय साझेदारी गरे।

मिलान्थाले ७५ रन रनको साथ हर्ष थाकरले २९ रन बनाए । लाहिरुले ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गरेका हुन्। थाकरले भने ३३ बलमा २ चौकासहित २९ रन बनाएका हुन्। मिलान्थालाई शनिबार भएको खेलमा म्यान अफ द म्याच घोषित गरिएको छ । उनलाई ५० हजार रुपैयाँसहितको म्यान अफ द म्याचको उपाधी प्रदान गरिएको छ ।

ओपनरद्वय सस्तैमा समेटिए पनि जनकपुरका दुई ब्याटरको उत्कृष्ट प्रदर्शनले खेल एकतर्फी रूपमा सकियो। विराटनगरका लागि प्रतिश जिसी र क्रिस सोलले १-१ विकेट लिए।

त्यसअघि, टस हारेर ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा अलआउट हुँदै १२७ रन मात्रै जोडेको थियो। विराटनगरको लागि मार्टिन गप्टेलले सर्वाधिक ५५ रन बनाए। उनले ४३ बलमा ७ चौका र १ छक्का प्रहार गरे। उनले ३६ बलमा ७ चौका र १ छक्का सहित अर्धशतक पूरा गरेका हुन्। उनले १३ ओभरको पहिलो बलमा बेन माइकलाई छक्का हान्दै अर्धशतक पूरा गरेका थिए।

उनीबाहेक अकिव इलियासले मात्रै दोहोरो अंकमा रन बनाए । उनले १८ बलमा १ चौका सहित १५ रन बनाएर एलबीडब्ल्यु आउट भए। उनलाई मोहम्मद मोसिनले एलबीडब्ल्यु आउट गरे। त्यसबाहेक अन्य कुनै खेलाडीको ब्याटिङ नचल्दा विराटनगर १२७ मा नै रोकियो। जनकपुरका लागि ललित राजवंशी ३, हर्ष थाकर र किशोर महतोले समान २-२ र मोहम्मद मोसिन र बेन माइकले १-१ विकेट लिए।

सोमबार दुई खेल हुनेछ। सोमबार पहिलो खेल काठमाडौं गुर्खाज र चितवन राइनोजबीच हुनेछ। दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्नेछन्।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार ००:००  ३ : ५२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping