काठमाडौं । दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल नेपाल प्रिमियर लिग (एनपीएल) क्लब लुम्बिनी लायन्सको टाइटल स्पोन्सर बनेको छ । एनपीएलको पावर्ड बाइ स्पोन्सर एनसेलले नेपाली क्रिकेट टोलीको कप्तानसमेत रहेका रोहित पौडेलको कप्तानीमा रहेको टिमको शीर्ष प्रयोजन गरेको हो ।
सहकार्यको घोषणा आज आइतबार बिहान ११ बजे हिल्टन होटल हुँदैछ । कार्यक्रममा लुम्बिनीका ब्रान्ड एम्बास्डर राजेश हमाल तथा टिमका विदेशी खेलाडीको उपस्थिति रहनेछ ।
एपीएलको टाइटल स्पोन्सर सिद्धार्थ बैंक हो भने एनसेल पावर्ड बाइ स्पोन्सर हो । एनपीएलमा ८ टिमले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतिक्रिया