![](https://internal.appharu.com/wp-content/uploads/2021/06/Khani-Khola-Hydro.jpg)
काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनीबाट दुई जना सञ्चालक बाहिरिएका छन् ।
कम्पनीबाट सञ्चालक दिनेश प्रसाद श्रेष्ठ र बिनोद थकालीले राजिनामा दिएका छन् । उनीहरुले दिएको राजिनामा मंसिर १४ गते बसेको सञ्चालक समितिले स्वीकृत गरेको छ ।
उनीहरुको ठाँउमा तारादेवी श्रेष्ठ (अमात्य) तथा भरत थापालाई नियुक्त गरेको छ । यस्तै रिक्त सञ्चालक पदमा उदेन श्रेष्ठ शाक्यलाई आगामी साधारणसभा सम्मका लागि नियुक्त गरेको कम्पनीले जनाएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/12/image-2-647x768.png)
प्रतिक्रिया