एनसेल- लुम्बिनी लायन्स सहकार्य: क्रिकेट र टेलिकमका लायन मिलेर गर्जिने घोषणा « Eglish Khabarhub

एनसेल- लुम्बिनी लायन्स सहकार्य: क्रिकेट र टेलिकमका लायन मिलेर गर्जिने घोषणा



काठमाडौं । दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल नेपाल प्रिमियर लिग (एनपीएल) क्लब लुम्बिनी लायन्सको टाइटल स्पोन्सर बनेको छ । एनपीएलको पावर्ड बाइ स्पोन्सर एनसेलले नेपाली क्रिकेट टोलीको कप्तानसमेत रहेका रोहित पौडेलको कप्तानीमा रहेको टिमको शीर्ष प्रयोजन गरेको हो ।

कार्यक्रममा लुम्बिनीका ब्रान्ड एम्बास्डर राजेश हमाल तथा टिमका विदेशी खेलाडीको उपस्थिति रहेको थियो ।

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसी र एनसेलका प्रमुख कार्यकारी अधिकृत जब्बर कायोमोभले टाइटल स्पोस्सरसिपको सम्झौतापत्रमा हस्ताक्षर गरे ।


सो अवसरमा जीसीले स्थानीय स्तरमै पुगेर क्रिकेटको प्रबर्द्धन गर्न यो सम्झौता भएको बताए । लुम्बनी लायन्स र एनसेनको सहकार्यपछि टेलिकमको लायन र क्रिकेटको लायन मिलेर गर्जने जीसीको भनाइ छ ।

एनसेल सिद्धार्थ बैंक एपीएलको पावर्ड बाइ स्पोन्सर पनि हो । एनपीएलमा ८ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

Publish on: