मर्मतसम्भार नहुँदा हावाबाट बिजुली उत्पादन रोकियो « Eglish Khabarhub

मर्मतसम्भार नहुँदा हावाबाट बिजुली उत्पादन रोकियो


१६ मंसिर २०८१, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

मध्यविन्दु । बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिका–५ धौवादी डाँडास्थित रुद्रपुरमा नमूना आयोजनाका रूपमा सञ्चालन भएको धौवादीमा वायु ऊर्जा केन्द्र मर्मतसम्भारको अभावमा ठप्प भएको छ ।

एसियाली विकास बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा २०६८ सालमा दुई करोडको लागतमा स्थापना भएको केन्द्र टर्वाइन मर्मत तथा पुरानो ब्याट्री प्रतिस्थापन नहुँदा उत्पादनविहीन बनेको हो ।

हावाबाट पङ्खा घुमाएर टर्वाइनका माध्यमले ब्याट्री चार्ज भई बिजुली उत्पादन हुँदै आएकामा टर्वाइनमा समस्या भएपछि बन्द भएको तथा अन्य उपकरणका पुर्जा पनि काम नलाग्ने भएका हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर रानामगरले बताए । छन् । केन्द्रबाट दैंनिक १० किलोवाट उत्पादन हुँदै आएको थियो । “केही वर्ष पूर्ण क्षमतामा विद्युत् उत्पादन भए पनि पछि टर्वाइन र ब्याट्रीमा खराबी आएपछि उत्पादन बन्द भएको हो”, वडाध्यक्ष मगरले भने ।

हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले केन्द्रका उपकरण तत्काल मर्मत गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसमक्ष पटकपटक अनुरोध गरेको तर सुनुवाइ नभएको गुनासो गरे । उनले भने, “प्राविधिक टोली पठाउँछौँ भन्छन् तर आजसम्म कोही आएका छैनन् ।” स्थानीय सरकारको बजेटले मात्र मर्मत गर्न नसकिने भएकाले नसक्ने हुँदा केन्द्र सरकारलाई पनि गुहारिएको तर परिणाम प्राप्त नभएको उनले बताए ।

वायु ऊर्जा परियोजना सञ्चालनपछि केही वर्ष स्थानीयले चौबीसै घण्टा विद्युत् प्रयोग गर्न पाएका थिए । धौवादी क्षेत्रमा गत वर्षदेखि राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेपछि बिजुलीको समस्या नभए पनि नमूनाका रूपमा स्थापित वायु ऊर्जा केन्द्र सञ्चालन हुनुपर्नेमा अध्यक्ष पाण्डेको जोड छ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार ००:००  ३ : ३४ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping