माओवादीबाट कांग्रेसले खोस्यो दार्चुलाको दुहुँ-५, कसले कति मत पाए ? « Eglish Khabarhub

माओवादीबाट कांग्रेसले खोस्यो दार्चुलाको दुहुँ-५, कसले कति मत पाए ?



दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका-५ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेस उम्मेदवार धनसिंह कुँवर विजयी भएका हुन् ।

आइतबार भएको उपनिर्वाचनमा वडाध्यक्ष पदमा कांग्रेस उम्मेदवार कुँवर निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कुँवरले तीन सय ७६ मत पाउँदा उनका निकटम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मानसिंह बडालले तीन सय ५८ मत पाए।

त्यस्तै माओवादी केन्द्रका उम्मेदवार वीरसिंह कार्कीले ९८ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार लालसिंह कुँवरले २५ मत प्राप्त गरे ।

२०७९ मा दुहु-५ माओवादीले जितेको थियो । वडा–५ का अध्यक्ष मनोरथ भट्टको निधनपछि उक्त पदमा उपनिर्वाचन भएको हो।

Publish on: