रवि लामिछानेलाई किन ल्याइयो चितवन ? « Eglish Khabarhub

रवि लामिछानेलाई किन ल्याइयो चितवन ?



चितवन । सहकारीको रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज चितवन लगिएको छ । उनलाई बुध्द एयरमार्फत चितवन लगिएको हो ।

चितवन सहारा बहुउद्देश्यीय सहकारीको रकम हिनामिना गरेको आरोपमा चितवन प्रहरीमा मङ्सिर ५ गते पूरक जाहेरी दर्ता भएको थियो । यसबारे अनुसन्धानका लागि काठमाडौँबाट लामिछानेलाई सिधै चितवन लगिएको हो । जिल्ला सरकारी वकिलको कार्यालय चितवनमा लामिछानेको बयान हुने छ ।

चितवन सहारा बहुउद्देश्यीय सहकारीको रकम हिनामिना अभियोगमा पूर्व डिआइजी छविलाल जोशी र रामबहादुर खनाललाई दुई दिन लगाएर बयान लिइएको थियो । उनीहरूलाई आइतबार चितवन ल्याएर हिजो बयान लिइएको थियो।

लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा हिजो बयान सकिएको थियो । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार लामिछानेसँग ७४ वटा प्रश्न सोधिएको छ । स्वर्णलक्ष्मीबाट लिएको ऋण, फिर्ता रकम र फिर्ता हुन नसकेको रकमबारे उनलाई प्रश्न गरिएको थियो । लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतबाट काठमाडौं ल्याएको थियो ।

Publish on: