
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न थप पीपीए खोल्न आवश्यक रहेको बताएका छन् ।
सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा घिसिङले प्राधिकरणले केही समयको लागि आरोआर र पिआरोआरका आयोजनाहरु पीपीएमा स्थगित भए पनि २८ हजार ५ सय मेगावाटको लक्ष्य पूरा गर्न पीपीए फेरि खोल्नुपर्ने बताए । घिसिङले बजारलाई बन्द गरेर मात्रै नयाँ आयोजनाहरु आउनसक्ने बताए ।
उनले प्राधिकरणले केही जोखिम लिन नसके अन्य थप आयोजनाहरु आउन नसक्ने बताए । उनले १२ हजार मेगावाटको पीपीए सम्झौतामा हस्ताक्षर गरे पनि १२ हजारकै आयोजनाहरु आउन नसक्ने बताए । उनले ६० देखि ७० प्रतिशत पीपीए गरेका आयोजनाहरु आए त्यसले सरकारलाई ठूलो सहयोग पुग्ने बताए ।
घिसिङले २८ हजार मेगावाटको पीपीएमा वैदेशिक लगानी, प्राधिकरणले गर्ने, रिजर्भर आयोजनाहरु र सोलार पनि समावेश गरिएको बताए । उनले सोलार उत्पादनको लागि प्राधिकरणले करिव ८ सय मेगावटको माग गर्दा ३६ सय मेगावटको प्रस्ताव आएको बताए ।
उनले विद्युत प्राधिकरणले सोलारलाई जलविद्युतलाई प्राथमिकता दिनुपर्ने अवस्था रहेको बताए। उनले सुख्खा समयमा प्राधिकरणले विद्युत माग पूरा गर्न नसक्ने अवस्था रहेको बताए। उनले प्राधिकरणले २०० मेगावटका सोलार आयोजना अगाडि बढाएको बताए।
घिसिङले जलविद्युत क्षेत्रका समस्या समाधान गर्नेगरी नीतिहरुलाई सहजिकरण गर्ने तयारीमा प्राधिकरण लागेको बताए । निजी क्षेत्र वा लगानीकर्तालाई मात्रै जोखिममा पार्ने नभई सरकारले पनि जोखिम बहन गर्नेगरी नीतिहरु परिमार्जन गर्न लागिएको उनले बताए । उनले नेपालको जलविद्युत क्षेत्रको विकासलाई विस्तार गर्नको लागि सरकार अगाडि बढ्नुपर्ने बताए। नेपालमा २८ हजार मेगावटको पीपीए भयो भने आरोआर र पिआरोआर आयोजना ३० हजार भन्दा बढी आउने नदेखिएको बताए।
SHARE YOUR THOUGHTS