१ पुस २०८२, मंगलबार

कन्चनपुरको जनसेवा सहकारीले तिरेन नेफ्स्कूनको ऋण, अध्यक्ष तारा तामाङ लगायतको धितो लिलाम हुन सक्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । जनसेवा बचत तथा ऋण सहकारी संस्थाले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) बाट लिएको ऋण नतिरेपछि सञ्चाकलको नाममा ३५ दिने सूचना निकालेको छ ।

कञ्चनपुर जिल्ला पुनर्वास–३, आईबिआरडीमा रहेको सहकारीले नेफ्स्कुनबाट लिएको कर्जा नतिरेपछि सञ्चालकको नाममा ३५ दिने सूचना निकालेको जनाएको छ । नेफ्स्कुनबाट लिएको ऋण संस्थाको साँवा, व्याज र हर्जना रकम तिर्न पर्नेमा हालसम्म नबुझाएको जनाएको छ ।

सहकारीलाई मौखिक तथा लिखित पत्र पठाएर ऋणी संस्था, धितोदाता एवं जमानीकर्ताले तिर्न बुझाउन पर्ने कर्जाको साँवा, व्याज र हर्जना तथा अन्य दस्तुरको रकम भुक्तानी नगरी आलटाल गरेको जनाएको छ ।

तत्काल कर्जा चुक्ता नगरेमा ऋणी संस्था, धितोदाता, धन जमानीकर्ता तथा व्यक्तिगत जमानीकर्ताहरुको सम्पूर्ण धितो लिलाम बिक्रीबाट असुल गर्ने जनाएको छ । त्यसबाट पनि असुल नभएमा धनजमानीकर्ता, व्यक्तिगत जमानतदाता एंव ऋणी संस्थाको संचालकहरु वा निजहरुको एकाघर सगोल परिवारको नाममा रहेको चल अचल सम्पति तथा अन्य जायजेथा समेतबाट सहकारी ऐन, नियमावली तथा प्रचलीत कानुन बमोजिम लिलाम बिक्री गरी उठाउने जनाएको छ ।

उक्त रकम असुल उपर गरी लिने तथा ऋणी संस्थाका पदाधिकारी, धितोदाता एंव व्यक्तीगत जमानीकर्ताहरुलाई कालो सुचिमा राख्ने जनाएको छ । उक्त सहकारीको अध्यक्षमा तारा लामा तामाङ रहेका छन् भने उपाध्यक्ष टिका कुमारी सापकोटा, सचिव फैरु तामाङ रहेका छन् ।

यस्तै सदस्यमा पार्वती बि.क (लुहार), बल बहादुर तामाङ, देबि पौडेल, बम बहादुर तामाङ, देबि खरेल भट्ट र मोलाम तामाङ रहेका छन् । यस्तै ब्यवस्थापकमा झुरकानी तामाङ रहेका छन् ।