
काठमाडौं । जल तथा ऊर्जा आयोगको सचिवमा रामप्रसाद घिमिरे नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को आईतबार साँझ बसेको बैठकले प्राविधिक तर्फको सचिवमा बढुवा भएका घिमिरे आयोगको सचिवमा नियुक्त पदस्थापन भएका हुन् ।
आयोगका सचिव गोपाल सिग्देलको सहरी विकास मन्त्रालयमा सरुवा भएसँगै उक्त पद खाली रहेको थियो । आयोगका कर्मचारीले सोमबार स्वागत गरेलगत्तै सचिव घिमिरेले कार्यभार सम्हालेका छन् ।
यस अघि घिमिरे यसअघि खानी तथा भूगर्भ विभागका महानिर्देशक थिए । उनलाई सरकारले सचिवमा वढुवा गरेर ऊर्जा आयोगको जिम्मेवारी दिएको हो ।
SHARE YOUR THOUGHTS