
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा आइतबार सम्पन्न उपनिर्वाचनबाट निर्वाचित वडाध्यक्षले पद तथा गोपनियताको शपथ लिएकी छन् ।
मंगलबार काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठलाई शपथ गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा उपमेयर सुनिता डंगोललगायतको सहभागिता थियो ।
वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधनपछि त्यहाँ आइतबार उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार श्रेष्ठ विजयी भएकी थिइन् ।
SHARE YOUR THOUGHTS