
काठमाडौं । शिखर धवनको अर्धशतकका बाबजुद कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजसँग पराजित भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णाली काठमाडौंसँग तीन विकेटले पराजित भएको हो ।
कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौंले १९ ओभर ३ बलमा सात विकेट गुमाउँदै पूरा गर्यो ।
काठमाडौंका लागि सुमित महर्जनले सर्वाधिक ४० रन बनाए । कर्णालीका लागि पाँच खेलाडीले एक एक विकेट लिए ।
काठमाडौंको यो पहिलो जित हो । आजको जितबाट काठमाडौंले दुई अंक जोडेको छ । कर्णालीको यो लगातार दोस्रो हार हो ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो ।
कर्णालीका लागि शिखर धवनले ५१ बलमा ४ चौका र ५ छक्काको सहयोगमा ७२ रन बनाएका थिए । धवनको पहिलो अर्धशतक हो ।
SHARE YOUR THOUGHTS