
काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ ।
अघिल्लो दिन प्रतितोला एक लाख ५० हजार चार सय रुपैयाँ रहेको सुनको मूल्य बिहीबार एक लाख ५० हजार सात सय रुपैयाँ पुगेको छ ।
चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
SHARE YOUR THOUGHTS