
काठमाडौं । माछापुच्छ्रे बैंकबाट १ जना सञ्चालक बाहिरिँदा २ जना भित्रीएका छन् ।
बैंकका संस्थापक सेयरधनी श्री राम जानकी इन्भेष्टमेन्ट एण्ड पेट्रोलियम सप्लायर्स प्रालिको प्रतिनिधित्व गर्ने सञ्चालक हरिभक्त सिग्देलले सञ्चालक पदबाट राजिनामा दिएका हुन् ।
सिग्देलले मंसिर १४ गते सञ्चालक समितिमा राजिनामा दिएका थिए । उनको राजिनामा मंसिर २० गते बसेको सञ्चाल समितिको बैठकले स्वीकृत गरेको बैंकले जनाएको छ ।
यस्तै मंसिर २० गते नै बसेको सञ्चालक समितिको बैठकले राम जानकीको तर्फबाट मु्कुन्द महतलाई नियुक्त गरेको छ ।
यस्तै सोही दिनको सञ्चालक समितिले अनिल साहलाई सञ्चालकमा नियुक्त गरेको छ ।
SHARE YOUR THOUGHTS