१ पुस २०८२, मंगलबार

रवि लामिछानेलाई भेट्न प्रहरीको हिरासतमा पुगे डा बाबुराम भट्टराई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न कास्की प्रहरीको हिरासतमा पुगेका छन्।

सहकारी ठगीको आरोपमा पक्राउ परेर हिरासतमा रहेका लामिछानेलाई भेट्न उनी कास्की पुगेका हुन् ।

सहकारी रकम अपचलन मुद्दामा रवि कात्तिक २ काठमाडौंबाट पक्राउ परेदेखि कास्की प्रहरीको हिरासतमा छन् । उनलाई विभिन्न सहकारीको बचत अपचलको आरोपमा छानबिनका लागि बयान गराउन रुपन्देही, काठमाडौं र चितवन लगिएको थियो।

लामिछानेलाई बुधबार मध्यरातमा चितवनबाट कास्की लगिएको थियो ।

हिरासतमा लामिछानेको अवस्थाबारे जानकारी लिन पूर्वप्रधानमन्त्री भट्टराई कास्की पुगेको बताइएको छ ।