
काठमाडौं । बुध्द एयर आफ्नो सामाजिक सञ्जाल ट्विटर (एक्स)मा राखेको पोस्ट रिट्विट गर्ने समर्थकलाई नेपाल प्रिमियर लिग (एनपीएल)को टिकट सित्तैमा उपलब्ध गराउने भएको छ । बुध्द एयरले आज (शुक्रबार) हुने लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स बीचको खेलको टिकट फ्रिमा दिने भएको हो ।
त्यसका लागि समर्थकले बुध्द एयर ट्विटर (एक्स)मा राखेको पोस्ट रिट्विट गर्दै एक जनालाई मेन्सन गर्नु पर्नेछ ।
पोखरा र लुम्बिनीबीचको खेल आज दिउसो १:१५ बाट सुरु हुँदैछ । प्रतियोगितामा पोखरा लगातार दुई खेलमा पराजित भइसकेको छ । यता लुम्बिनी पनि आफ्नो पहिलो खेलमा विराटनगर किङ्ससँग पराजित भएको थियो ।

SHARE YOUR THOUGHTS