
काठमाडौं । कामना सेवा विकास बैंकको २२ लाख ९६ हजार ८१५.२७ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।
बैंकले मिति २०८१ साल असोज ३० गते १८ औं वार्षिक साधारणसभा गरी उक्त वार्षिक साधारण सभाबाट ७ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि कुल १२ प्रतिशत लाभाशं पारित गरेको थियो ।
उक्त ७ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो । सूचिकृत भएको बोनस सेयर सेयरधनी महानुभावहरुको डिम्याट खातामा जम्मा भइसकेको बैंकले जनाएको छ ।
नगद लाभाशं बापतको रकम साधारण सभाबाट पारित भए लगतै सम्बन्धित बैंक खातामा जम्मा गरिसकिएको बैंकले जनाएको छ ।
SHARE YOUR THOUGHTS