
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीका साधारण सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट बिहीबार प्रहरीले एक जनालाई सहकारी ठगीको आरोपमा पक्राउ गरी पोखरा पठाएको हो ।
जिल्ला प्रहरी कार्यालय पोखराका डिएसपी बसन्त शर्माका अनुसार पक्राउ पर्ने सूर्यदर्शनका साधारण सदस्य कृष्णबहादुर गुरूङ हुन् ।
उनी बेलायत जान लागेका बेला प्रहरीले विमानस्थलमा नियन्त्रणमा लिएको हो ।
उनीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ । हाल राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशी लगायत हिरासतमा छन् ।
SHARE YOUR THOUGHTS