
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
सोमबार छापावाला सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ५० हजार १०० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ७०० रुपैयाँ रहेको थियो ।
आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
SHARE YOUR THOUGHTS