
काठमाडौं । गोर्खाज फाइनान्सबाट स्वतन्त्र सञ्चालक र कम्पनी सचिव बाहिरिएका छन् ।
कम्पनीका स्वतन्त्र सञ्चालक प्रविण भट्टराईले व्यक्तिगत कारण देखाई मंसिर २३ गते दिएको राजीनामा सोही दिन स्वीकृत गरेको छ ।
यस्तै कम्पनीबाट कम्पनी सचिव मुकुन्द श्रेष्ठले दिएको राजीनामा पनि २३ गते नै स्वीकृत भएको छ । श्रेष्ठको राजीनामासँगै संस्थाका वरिष्ठ प्रबन्धक दिपक न्यौपानेलाई आजदेखि लागू हुनेगरी जिम्मेवारी दिएको कम्पनीले जनाएको छ ।
SHARE YOUR THOUGHTS