३० मंसिर २०८२, सोमबार

सहकारी ठगी: रविलाई काठमाडौं हुँदै पर्सा लगिँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पर्सा लैजान लागिएको छ।

पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि लामिछानेलाई पर्सा लैजान लागिएको प्रहरीले जनाएको छ।

लामिछानेलाई बुध्द एयरको विमानमार्फत पोखराबाट काठमाडौं ल्याएर काठमाडौंबाट पर्सा लैजान तयारी भइरहेको छ ।

यसै प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई भने पोखराबाट हिजै पर्सा लगिसकिएको छ ।

लामिछाने सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । त्यसयता उनी कास्की प्रहरीको हिरासतमा छन् ।