![](https://internal.appharu.com/wp-content/uploads/2018/12/Kalika-laghubittiya.jpg)
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने भएको छ ।
मंसिर २५ गते बसेको कम्पनीले सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
जसमा बोनस ९.५० र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी बार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
SHARE YOUR THOUGHTS