बैंकर्स संघको अध्यक्षमा २ जनाको उम्मेद्‌वारी, कसले मार्ला बाजी ? « Eglish Khabarhub

बैंकर्स संघको अध्यक्षमा २ जनाको उम्मेद्‌वारी, कसले मार्ला बाजी ?



काठमाडौं। वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ)हरुको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला र अशोक शेरचनले उम्मेद्‌वारी दर्ता गराएका छन् ।

माछापुच्छ्रे बैंकका सीईओसमेत रहेका हालका उपाध्यक्ष कोइराला र प्रभु बैंकका सीइओ शेरचनले उमेद्‌वारी दिएका हुन्।

संघको १३ वर्षदेखिको परम्परा तोड्दै अध्यक्षमा शेरचनले उम्मेद्‌वारी दिएका हुन् । लामो समयदेखि संघमा उपाध्यक्षलाई नै अध्यक्ष बनाउने परम्परा छ ।

संघको ३८औं साधारण सभा आगामी पुस ३ गते बोलाइएको छ । उक्त साधारणसभाबाट आगामी नेतृत्व चयन हुनेछ ।

हाल संघको उपाध्यक्ष रहेका कोइरालाले सोमबार र शेरचनले मंगलबार अध्यक्षमा उम्मेद्वारी दिएका हुन् ।

शशिन जोशी र अशोक राणाबीच चुनाव भएयता संघमा सहमतिमै उपाध्यक्षलाई अध्यक्ष बनाइँदै आएको थियो । सहमतिमै राजनसिंह भण्डारी, उपेन्द्र पौडेल, अनिल शाह, ज्ञानेन्द्र ढुंगाना, भुवन दहाल, अनिल उपाध्याय र सुनिल केसी अध्यक्ष बनिसकेका छन् ।

Publish on: