पौडीमा डुवानाको नयाँ राष्ट्रिय कीर्तिमान « Eglish Khabarhub

पौडीमा डुवानाको नयाँ राष्ट्रिय कीर्तिमान



काठमाडौं । नेपाली पौडीवाज डुवाना लामाले विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।

हंगेरीको बुढापेस्टमा जारी प्रतियोगितामा डुवानाले महिला १ सय मिटर ब्रेस्टस्ट्रोक १ मिनेट १३.५० सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेका राष्ट्रिय कीर्तिमानमा सुधार गरेको नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले जानकारी दिए।

डुवानाको नाममा १ मिनेट १६.४५ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो । उक्त कीर्तिमान डुवानाले थाइल्यान्डमा भएको उमेरसमूहको प्रतियोगितामा बनाएकी थिइन् ।

Publish on: