
काठमाडौं । बार्सिलोनाले च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार भएको खेलमा बोरुसिया डर्टमन्डलाई पराजित गरेको छ ।
बोरुसिया डर्टमन्डको घरेलु मैदानमा फेरान टोरेसको दुई गोलसँगै बार्सिलोनाले ३–२ गोलको जित निकालेको हो । जितसँगै ६ खेलमा १५ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ। पराजित डर्टमन्ड समान खेलबाट १२ अंकका साथ १०औं स्थानमा छ।
बुधबार राति नै भएको खेलमा म्यानचेस्टर सिटी च्याम्पियन्स लिगमा पराजित भएको छ । एलियान्ज स्टेडियममा युभेन्टसले सिटीलाई २–० ले हराएको हो ।
युभेन्ट्सलाई जित दिलाउन डुसान भ्लाहोभिक र वेस्टन म्याकेनीले गोल गरे। अजको खेलमा जित निकालेसँगै युभेन्टस ६ खेलबाट ११ अंक बटुल्दै १४औं स्थानमा उक्लिएको छ। समान खेलबाट आठ अंक जोडेको सिटी २२औं स्थानमा छ ।