![](https://internal.appharu.com/wp-content/uploads/2017/12/Right-Share.jpg)
काठमाडौं । राधी विद्युत कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
मंसिर २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०-८१ को बोनस जारी गरेपछि कायम हुने चुक्ता पुँजीको ६९.८९ प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव विद्युत नियमन आयोगले स्वीकृत दिएर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि हकप्रद सेयर निष्कासन हुनेछ ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/12/image-27-672x768.png)
SHARE YOUR THOUGHTS