मैले राम्रो खेल्न सकिनँ, त्यो मेरो गल्ती भयोः सन्दीप लामिछाने « Eglish Khabarhub

मैले राम्रो खेल्न सकिनँ, त्यो मेरो गल्ती भयोः सन्दीप लामिछाने



काठमाडौं । कप्तान सन्दीप लामिछानेको टोली विराटनर किङ्स नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा भएको पहिलो सुपर ओभरमा पराजित हुन पुग्यो ।

पहिलो पटक भएको सुपर ओभरमा कप्तान सन्दीप नै आफै बलिङ गर्न आए । सन्दीपले बलिङमा १८ रन खर्चिए । बलिङ प्रतिश जिसी अप्सनमा आफै बलिङमा पूर्ण विश्वाषका साथ आएको सन्दीपले बताए ।

‘बलिङमा हामीसँग प्रतिश अप्सनका रुपमा थिए । तर, आज आफूमा नै विश्वास थियो । त्यसैले बलिङ गरे । अघिल्लो ओभरमा कम रन खर्चिएको थिए । पछि असहज भयो अवस्था,’ सन्दीपले भने ।

सन्दीपले आफ्नो पछिल्लो समय विकेट नस्कन नसकेको विषयमा पनि बोलेका छन् । राष्ट्रिय टोलीमा विकेट बिहिन हनुनपरेको अवस्थामा डोमेस्टिक क्रिकेटमा कसरी विकेट विहिन भएको भन्ने प्रश्नमा उनले भने, ‘डोमेस्टिक क्रिकेट र राष्ट्रिय टोलीमा धेरै फरक हुन्छ । कहिले विकेट निस्कन्छ किहले खालि हुन पर्छ । यहाँ सबै चिनेका कोही राष्ट्रिय टोलीमा खेलेका खेलाडीसँग खेल्नु पर्छ खेल्ने तरिका पनि थाहाँ हुछ त्यसैले असहज छ,’ सन्दीपले भने ।

अघिल्लो चरण सम्भावनाका विषयमा भने सन्दीपले आफूमा भरोषा भएको बताए । टिमलाई जित आवश्यक भएको र अब बाँकी खेलमा जित निकाल्ने विश्वास भएको बताए ।

बिहीबार भएको खेलमा विराटनगर पोखरसँग सुपर ओभरमा १३ रनले पराजित भएको थियो ।

Publish on: