
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।
बिहीबार बसेकोे कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश दिने जनाएको छ । जसमा बोनस ९.५० प्रतिशत र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

SHARE YOUR THOUGHTS