विराटनगरको दोस्रो जित, प्लेअफको सम्भावना कायमै « Eglish Khabarhub

विराटनगरको दोस्रो जित, प्लेअफको सम्भावना कायमै



काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल टी–ट्वान्टी क्रिकेटमा विराटनगर किङ्सले दोस्रो जित निकालेको छ ।

शुक्रबार भएको खेलमा विराटनगरले चितवन राइनोजलाई ५१ रनले हराएको हो ।

त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको १८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन बनायो ।

चितवनका लागि अमर राउटेलाले सर्वाधिक ४२ रनको योगदान गरे । त्यस्तै सन्तोष कार्कीले २८ रन बनाउँदा कुशल मल्लले २५ रन बनाए । बलिङतर्फ विराटनगरका लागि सन्दीप लामिछानेले २ विकेट लिए । त्यस्तै क्रिस सोल, लोकेश बम, बसिर अहमद र सुवाश भण्डारीले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८१ रन बनाएको थियो । विराटनगरका लागि बसिरले ६८ रनको अर्धशतकीय पारी खेले ।

४४ बल खेलेका उनले ४ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै राजेश पुलामीले ३३ रन बनाउँदा मार्टिन गुप्टिलले ४५ रनको योगदा गरे । बलिङतर्फ चितवनका लागि रिजन ढकालले २ विकेट लिए ।

त्यस्तै सोहिल तनविर, बसिल हामेद र कुशल मल्लले १–१ विकेट लिए । आजको खेलमा जित निकाल्दै विराटनगरले ६ खेलबाट ४ अंक जोडेको छ ।

यता चितवन ६ खेलमा ६ अंक जोडेर तालिकाको चौथो स्थानमा छ । आजको जितले विराटनगरलाई प्रतियोगिताको उपाधि होडमा कायमै राखेको छ भने चितवलाई केही असहज भएको छ ।

Publish on: