पहिलो स्केचअप कन्कलेभ नेपाल २०२४ सम्पन्न « Eglish Khabarhub

पहिलो स्केचअप कन्कलेभ नेपाल २०२४ सम्पन्न


२९ मंसिर २०८१, शनिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]


काठमाडौं । नेपाल – फोरफ्रन्ट इन्जिनियरिङको आयोजनामा नेपालमा पहिलो पटक आयोजित स्केचअप कन्क्लेभ २०२४ भव्य रूपमा सम्पन्न भएको छ।

यस कन्कलेभले डिजिटली निर्माण प्रविधि, विशेषगरी स्केचअप सफ्टवेयरको प्रयोगमा आधारित नवीनतम प्रविधिहरू र व्यावसायिक अभ्यासहरू उजागर गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष बिरेन्द्र पाण्डेले विशेष सम्बोधन गरेका थिए ।

उनले भने, ‘पहिलेको समयमा हातले नै डिजाइन बनाइन्थ्यो, तर अब यस्ता प्रविधिहरूले डिजाइन प्रक्रियालाई सहज, द्रुत र प्रभावकारी बनाएका छन्। यस्ता उपकरणहरूको प्रयोगलाई अझ व्यापक र प्रभावकारी बनाउन आवश्यक छ।’

उनले निर्माण क्षेत्रलाई डिजिटल उपकरणहरूमार्फत सशक्त बनाउनुपर्नेमा जोड दिए।

फोरफ्रन्ट इन्जिनियरिङका प्रबन्धक सुधिर थापाले भने, ‘स्केचअपको विश्वासिलो साझेदारको रूपमा, हामी सफ्टवेयर मात्र होइन, यसको प्रयोगलाई अधिकतम बनाउनका लागि प्राविधिक सहयोग पनी प्रदान गर्न प्रतिबद्ध छौँ । हामी इन्जिनियरिङ फर्महरू र शैक्षिक संस्थाहरूमा अनुकूलित तालिम तथा शिक्षा कार्यक्रमहरू प्रदान गर्छौँ, जसले सफ्टवेयरको पूर्ण क्षमताको उपयोग गर्न आवश्यक सीप दिन्छ।’

कार्यक्रममा नेपाल इंटेरियर डिज़ाइनर्स एसोसिएसन, सोसाइटी अफ नेपाली आर्किटेक्ट्स, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्म्स, र फेडेरेसन अफ कन्क्ट्रयाक्टर्स एसोसिएसन अफ नेपालका प्रतिनिधिको सहभागिता थियो ।

ट्रिम्बल च्यानल सेल्स म्यानेजर राहुल मल्लिकर नेपालमा डिजिटल प्रविधिको अपनत्वलाई प्रशंसा गर्दै भने, ‘नेपालको आर्टिटेक्टर, इन्जीनियरिंग तथा कन्सट्रक्सन बजारलाई थप डिजिटल बनाउने यो पहल सराहनीय छ। ट्रिम्बलले यस यात्रामा पूर्ण समर्थन गर्नेछ।’

फोरफ्रन्ट इन्जिनियरिङले आगामी वर्षहरूमा यस्ता कार्यक्रमहरूको निरन्तरता गर्ने प्रतिबद्धता जनाएको छ। कार्यक्रमले डिजिटली निर्माण प्रविधिमा नेपाललाई विश्वस्तरमा अघि बढाउने नयाँ बाटो खोलेको छ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार ००:००  १२ : ०५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping