![](https://internal.appharu.com/wp-content/uploads/2024/06/gold_sun3-768x403.png)
काठमाडौं । नेपाली बजारमा आइतबार (आज) सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँ मूल्य कायम भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य बढेको छ । शुक्रबार प्रतितोला १ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ।
SHARE YOUR THOUGHTS