![](https://internal.appharu.com/wp-content/uploads/2023/12/gold-768x383.jpg)
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य वृद्धि भएको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार ८ सय रहेको सुनको मूल्य आज ४ सय रुपैयाँ वृद्धि भएको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार २ सय रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
SHARE YOUR THOUGHTS