![](https://internal.appharu.com/wp-content/uploads/2024/12/14-non-life-copy-768x403.png)
काठमाडौं । नेपाल बिमा प्राधिकरणले तोकेका ११ क्षेत्रमा निर्जीवन बिमा कम्पनीले ७६ अर्ब ३४ करोड ४ लाख रुपैयाँ लगानी गरेका छन् ।
बिमा प्राधिकरणले लगानीका लागि विभिन्न ११ क्षेत्र तोकेको छ । असोज मसान्तसम्मको तथ्यांकअनुसार त्यस्ता क्षेत्रमा कम्पनीहरुले ७६ अर्ब ३४ करोड ४ लाख रुपैयाँ लगानी गरेका हुन् ।
लगानीका लागि ११ वटा क्षेत्र छुट्याएको भए पनि घरजग्गा क्षेत्रमा भने लगानी भएको छैन । प्राधिकरणले घर जग्गा क्षेत्रमा बढीमा १० प्रतिशत लगानी गर्न पाउने व्यवस्था गरेको थियो । तर, कुनै पनि कम्पनीले लगानी नगरेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले निर्जीवन बिमा कम्पनीहरुलाई नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्रको न्यूनतम २० प्रतिशत लगानी गर्ने व्यवस्था गरेको छ । निर्जीवन बिमा कम्पनीले २१ करोड ५३ लाख रुपैयाँ लगानी गरेका छन् ।
निर्जीवन बिमा कम्पनीले वाणिज्य बैंकको मुद्दती निक्षेप र पूर्वाधार बैंकको मुद्दती निक्षेपमा न्यूनतम ३० प्रतिशत लगानी गर्न पाउने व्यवस्था गरेको छ । कम्पनीहरुले ४६ अर्ब ४१ करोड १८ लाख रुपैयाँ लगानी गरेका छन् । यो रकम वाणिज्य बैंकको लगानी मात्रै हो । पूर्वाधार बैंकमा कुनै पनि कम्पनीले लगानी गरेका छैनन् ।
निर्जीवन बिमा कम्पनीले विकास बैंकमा बढीमा १० प्रतिशत र वित्त कम्पनी अर्थात ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामा बढीमा ५ प्रतिशत लगानी गर्न पाउने व्यवस्था रहेको छ ।
कम्पनीहरुले ५ अर्ब ४५ करोड ५५ लाख रुपैयाँ विकास बैंक र वित्त कम्पनीमा १ अर्ब २३ करोड ५५ लाख रुपैयाँ लगानी गरेका छन् ।
यस्तै घर जग्गामा बढीमा १० प्रतिशत लगानी गर्न पाउने व्यवस्था रहेको छ । तर निर्जीवन बिमा कम्पनीहरुले लगानी गरेका छैनन् ।
सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा बढीमा १० प्रतिशत लगानी गर्न पाउने व्यवस्था छ । कम्पनीहरुले ४ अर्ब ६ करोड २५ लाख रुपैयाँ लगानी गरेका छन् ।
वणिज्य बैंक, विकास बैंक र ग वर्गका बैंक तथा वित्तय संस्थाको अग्राधिकार सेयर, सेयर, बण्ड, डिबेन्चर र ऋणपत्रमा बढीमा २० प्रतिशत लगानी गर्न पाउने व्यवस्था छ । जसमा ३ अर्ब ८ करोड ३६ लाख रुपैयाँ लगानी गरेका छन् ।
सूचीकृत पब्लिक कम्पनीको बण्ड, डिबेन्चर र ऋणपत्रमा बढीमा २० प्रतिशत लगानी गर्न पाउने व्यवस्था छ । निर्जीवन बिमा कम्पनीले १ अर्ब १४ करोड ६४ लाख रुपैयाँ लगानी गरेका छन् ।
कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य ऊर्जा, लगायत वीकरणीय उर्जा परियोजना, केवलकार, सडक, बिधुत प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा बढीमा १० प्रतिशत लगानी गर्न पाउने व्यवस्था छ । निर्जीवन बिमा कम्पनीहरुले ९९ करोड १६ लाख रुपैयाँ रहेको छ ।
नागरिक लगानी कोष र म्यूचअल फण्डका बढीमा ५ प्रतिशत लगानी गर्न पाउने व्यवस्था छ । जसमा कम्पनीहरुले ७२ करोड ८ लाख लगानी भएको छ ।
इन्भेष्टमेन्ट कम्पनीको सेयरमा बढीमा ५ प्रतिशत गर्न पाउने व्यवस्था रहेको छ । जसमा कम्पनीहरुले १५ करोड १२ लाख रुपैयाँ लगानी छ ।
अन्य संस्थापक सेयरमा १ अर्ब ४२ करोड ५७ लाख रुपैयाँ, सूचीकृत नभएको अन्य पब्लिक कम्पनीको सेयरमा १४ करोड २० लाख र अन्य क्षेत्रमा २ अर्ब २९ करोड ६७ लाख रुपैयाँ लगानी गरेको प्राधिकरणले जनाएको छ ।
SHARE YOUR THOUGHTS