२७ मंसिर २०८२, शुक्रबार

धितोपत्र बोर्डका कार्यकारी निर्देशक कृष्णराजले दिए राजीनामा, किन बिदा भए ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक कृष्णराज पोखरेलले पदबाट राजीनामा दिएका छन् । २ वर्षअघि कार्यकारी निर्देशकमा बढुुवा भएका पोखरेलले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन् ।

बोर्ड स्रोतका अनुसार उनले माघ ७ देखि कार्यालय नआउने गरी राजीनामा दिएका हुन् । १ महिनाको म्याद राखेर राजीनामा दिनुपर्ने भएकाले यसो गरेको बोर्ड स्रोतको भनाइ छ ।

रमेश हमाल बोर्डको अध्यक्ष नियुुक्त भएलगत्तै पोखरेल कार्यकारी निर्देशकमा बढुुवा भएका थिए ।