![](https://internal.appharu.com/wp-content/uploads/2024/06/gold_sun4-768x403.png)
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य मंगलबार(आज) पनि बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य २ सय रुपैयाँले बढेको हो । यसअघि आइतबार भने सुनको मूल्यमा २२०० रुपैयाँको गिरावट आएको थियो। हिजो र आज गरी सुनको मूल्यमा जम्मा ६०० रुपैयाँले वृद्धि भएको हो ।
चाँदीको मूल्य भने तीन दिनदेखि स्थिर रहँदै आएको छ । चाँदी प्रतितोला १८४० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया