![](https://internal.appharu.com/wp-content/uploads/2024/12/aallu-arjun-puspa.jpg)
एजेन्सी । अल्लू अर्जुन अभिनित पुष्पा २: द रूल ले बक्स अफिसमा तहल्का मच्चाउँदै नयाँ कीर्तिमान बनाएको छ । फिल्मको दोस्रो सप्ताहको अन्त्यसम्ममा वर्ल्डवाइड कलेक्शन १४०० करोड भारु नाघिसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यसबीच अल्लू अर्जुनको गिरफ्तारीको घटनाले फिल्मको कमाईमा असर गर्ने अड्कल गरिएको थियो। तर, व्यापार विश्लेषकहरूका अनुसार यो घटनाले उल्टै फिल्मको लोकप्रियता बढाएको छ।
१३ डिसेम्बरका दिन सन्ध्या थिएटर बाहिर भगदौड मच्चिँदा एक महिलाको मृत्यु भएको घटनामा अल्लू अर्जुनलाई गिरफ्तार गरिएको थियो । केही समयपछि उनी रिहा भए पनि यो घटना चर्चाको विषय बन्यो।
ट्रेड एक्सपर्ट रमेश बालाका अनुसार, ‘अल्लू अर्जुनको गिरफ्तारी वीकेंडको सुरुवातसँगै मिलेको थियो । यसले प्रचारमा भूमिका खेलेको छ। कुनै पनि प्रचार, चाहे राम्रो होस् वा नराम्रो, अन्ततः फिल्मको फाइदा नै हुन्छ। यो घटनापछि मानिसहरूमा फिल्मप्रति उत्सुकता बढेको छ र सम्भवतः धेरै दर्शकहरू फिल्म हेर्न पुगेका छन्।’
विशेषज्ञहरूले पुष्टि गरेका छन् कि यो विवादले दर्शकहरूको भावनामा कुनै असर पारेको छैन । अल्लू अर्जुनलाई धेरै दर्शकहरूले सहानुभूति जनाएका छन् । उनले पीडित परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेका थिए, जसले उनीप्रति दर्शकको सम्मान बढाएको छ।
रमेश बालाका अनुसार, ‘दर्शकहरूले यो घटना अल्लू अर्जुनको गल्ती होइन भन्ने बुझेका छन् । भीड बढ्नु र भगदड हुनु एक आकस्मिक घटना थियो। फिल्मको पहिलो दिनदेखि नै उत्कृष्ट कमाई भइरहेको थियो र यो घटना पछि पनि कमाईमा कुनै गिरावट देखिएको छैन। बरु फिल्मको कमाई थप बलियो बनेको छ।’
पुष्पा २ अब तेस्रो हप्तामा प्रवेश गरिसकेको छ । यो हप्ता फिल्मको मुख्य प्रतिस्पर्धा मुफासा: द लायन किंगसँग हुनेछ। यो फिल्ममा बलिउड स्टार शाहरुख खानले आवाज दिएका छन्, जसको दर्शकहरू आतुर प्रतिक्षा गरिरहेका छन्।
तर ट्रेड एक्सपर्टका अनुसार, ‘मुफासा रिलिज हुँदासम्म पुष्पा २ ले दुई हप्ता पुरा गरिसकेको हुनेछ। यो समयसम्म फिल्मले आफ्नो रन रेट कायम राख्दै बक्स अफिसमा नयाँ कीर्तिमान बनाइसकेको हुनेछ। यसकारण वर्तमान कमाईलाई ‘बोनस’ मान्न सकिन्छ।’
SHARE YOUR THOUGHTS