२९ मंसिर २०८२, आइतबार

सिस्नेरी–दक्षिणकाली सडक आजदेखि ११ गतेसम्म बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर । हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने सिस्नेरी–दक्षिणकाली सडकमा आजदेखि यही पुस ११ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले सो सडक अन्तर्गत दक्षिणकाली–छैमलेमा कालोपत्र गर्न लागिएकोे सवारी सञ्चालनमा रोक लगाइएको जानकारी दिए । यस्तै सडक स्तरोन्नतिका लागि कुलेखानी–फाखेल–मातातीर्थ सडकमा पनि यातायात सञ्चालनमा रोक लगाइएको छ ।

सो सडक बन्द हुँदा सवारीसाधनलाई वैकल्पिक मार्ग हेटौँडाबाट काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक, त्रिभुवन राजपथ, नारायणगढ मुग्लिन सडकमा भने हाल सवारीसाधन सञ्चालन भइरहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।